काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाको कामु प्रम्ख कार्यकारी अधिकृत(सीईओ)मा अशोक कुमार आचार्य नियुक्त भएका छन् । संस्थाको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको हालका नायब सीईओ आचार्यलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले संस्थाका नायब सीईओ सजल खड्कालाई कम्पनी सचिवको थप जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।