काठमाण्डौ । द्वारिकाज ग्रुप अफ होटल एण्ड रिसोर्टकी सञ्चालक तथा अध्यक्ष अम्बिका श्रेष्ठको निधन भएको छ । श्रेष्ठको उपचारको क्रममा ९१ वर्षको उमेरमा बिहीबार निधन भएको हो । उनलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा लगिएको थियो ।
चार वर्षअघि क्यान्सर मुक्त भएकि श्रेष्ठ विगत २ महिनादेखि निमोनियाको समस्याबाट ग्रसित थिइन् । उनको दाहसंस्कार भोली पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ । उनका दुई छोरी छन् । श्रीमान् र छोराको भने निधन भइसकेको छ । भारतको सिक्किममा जन्मिएकी अम्बिकाले नेपालका व्यापारी द्वारिकादास श्रेष्ठसँग विवाह गरेकि थिइन् । श्रीमान्को मृत्युपछि उनी द्वारिकाज होटलको अध्यक्ष भएकी थिइन्।
श्रेष्ठ ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल(टान)को संस्थापक अध्यक्ष समेत हुन् ।