शुक्रबार, जेष्ठ १,२०८३ 03:57:47
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:57:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राहदानी बापतको विदेशी मुद्रा सटहीसम्बन्धी के छ व्यवस्था ? कति डलरसम्म सटही गर्न सकिन्छ ?

Laxmi Sunrise Bank Limited
राहदानी बापतको विदेशी मुद्रा सटहीसम्बन्धी के छ व्यवस्था ? कति डलरसम्म सटही गर्न सकिन्छ ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाली नागरिकलाई विदेश भ्रमण/रोजगारीका लागि राहदानी बापतको विदेशी मुद्रा सटहीसम्बन्धी सुविधा प्रदान गर्दै आईरहेको छ । केन्द्रीय बैंकले यसका लागि केहि व्यवस्था गरेको छ ।  

हालको व्यवस्थाअनुसार भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानीबापत प्रतिपटक अमेरिकी डलर २ हजार ५ सय वा सोबराबरको परिवर्त्य विदेशी मुद्रासम्म एक आर्थिक वर्षमा २ पटकभन्दा नबढ्नेगरी सहटी सुविधा प्राप्त गर्न सक्छन् । यस्तो सटही सुविधा नेपाल राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिन्छ ।  

Bizshala
New Office
CG Motors

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले जापान,दक्षिण कोरिया,युरोप महादेश,संयुृक्त राज्य अमेरिका,क्यानडाको हकमा अधिकतम अमेरिकी डलर ५ सय र अन्य मुलुकको हकमा अधिकतम अमेरिकी डलर २ सयसम्म राहदानीबापत सटही सुविधा प्राप्त गर्न सक्छन् ।  

राहदानी सुविधाबापत सटही माग गर्ने व्यक्तिले हवाई टिकट,राहदानी र भिसाको प्रतिलिपि पेश गर्नुपर्दछ र बैंक तथा वित्तीय संस्थाले ती प्रतिलिपि सक्कल प्रतिसँग भिडाई दुरुस्त भएमा मात्र सटही सुविधा प्रदान गर्न सक्छन् ।    

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X