काठमाण्डौ । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आईपीओ निष्कासन प्रयोजनाका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
धितोपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरे । उक्त कार्यक्रममा साशा इन्जिनियरिङ्ग हाइड्रोपावरका कम्पनी सचिव दिलिपकुमार चौधरी तथा एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाको समेत उपस्थिति रहेको थियो ।
सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ्ग हाइड्रोपावरले दोलखा जिल्लामा अवस्थित खानिखोलाको पानी प्रयोग गरि ३० मेगावाट क्षमताको खानिखोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरि उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद÷बिक्री सम्झौता समेत गरिसकेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।