मंगलवार, बैशाख ९,२०८२ 04:16:06
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 04:16:06
IME remit
Global IME Bank Limited

रियलमीको जिटी ६ टि नेपालमा उपलब्ध

Hyundai Nepal
रियलमीको जिटी ६ टि नेपालमा उपलब्ध
Nabil Bank Limited

काठमाण्डौ। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित रियलमी जिटी ६ टि (realme GT 6T) नेपाली बजारमा सार्वजनिक गरेको छ। रियलमी जिटी ६ टि माक्वाल्कम स्न्यापड्रागन सेभेन जेन थ्रि चिपसेट, १२० हर्जको रिफ्रेस रेट, ५५०० एम.ए.एच को ब्याट्री र १२० वाटको सुपर भोक चार्जर जस्ता मुख्य फिचरहरु रहेका छन्। 

यसबारे बोल्दै रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटिजी मुनिस गिरीले भने, “नेपालमा रियलमी जिटी ६ टि ल्याउन पाउँदा हामी निकै उत्साहित छौं। यो फ्ल्यागशिप स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ। हामी विश्वस्त छौँ कि रियलमी जिटी ६ टि ले स्मार्टफोन उद्योगमा नयाँ बेन्चमार्क सेट गर्नेछ।”

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

स्न्यापड्रागन सेभेन जेन थ्रि प्रोसेसरको असाधारण प्रदर्शन

रियलमी जिटी टि ६ टि नेक्ट जेनेरेसन  स्न्यापड्रागन सेभेन जेन थ्रि प्रोसेसरद्वारा संचालित छ। गेमरहरू, कन्टेन्ट क्रियटर तथा अन्य प्रयोगकर्ताहरुका लागि पनि रियलमी जिटी ६ टि उपयुक्त रोजाई हो।  

६००० निटको शानदार हाइपर डिस्प्ले

६.७८ इन्चको स्क्रीनमा  ६००० निटको फ्लाग्शिप हाइपर डिस्प्ले भएको यो रियलमी जिटी ६ टि जतिसुकै  उज्यालो घाममा पनि सहजै प्रयोग गर्न सकिनेछ। त्यस्तै २७८०८१२६४ को रिजोलुसन र १२० हर्जको रिफ्रेस रेटको साथमा प्रयोगकर्ताले उत्कृष्ट अनुभव प्राप्त गर्न सक्नेछन् ।  

फास्ट चार्जिङ र हेभी ब्याट्री

रियलमी जिटी ६ टि मा १२० वाटको सुपर भुक फास्ट चार्जर टाइप सि पोर्टको साथमा उपलब्ध हुन्छ। साथै ५५०० एमएएचको हेभी ब्याट्रीको साथ प्रयोगकर्ताले लामो समयसम्म यस स्मार्टफोनको प्रयोग गर्न सक्नेछन्। 

उन्नत क्यामरा सिस्टम रियलमी जिटी टि ६ मा ५० मेगापिक्सेलको सोनी एलवाइटी ६०० को प्राथमिक क्यामारा र ८ मेगापिक्सेलको वाइड लेन्स उपलब्ध छ। साथमा ३२ मेगापिक्सेलको आइएमएक्स ६१५ को फ्रन्ट क्यामारा र ६० एमपिएसमा ४ के भिडियो पनि जिटी टि ६ को क्यामरा समावेश रहेको छ।

साथै रियलमी जिटि सिक्स टिमा भएको सोनीओ आइएस्को ५० एमपिको क्यामराले उत्कृष्ट फोटो तथा भिडियो लिन प्रयोगकर्ताहरुलाई सहज हुनेछ भने यसको एआइफ्रेम स्टेबिलाइजेसन टेक्नोलोजी २.० ले स्मूथ र क्लियर भिडियो लिन सक्छ।

यसको क्यामरामा भएको फ्ल्यागशिप लेभलको हाइपर टोन इमेज एन्जिनले स्मार्टफोन फोटोग्राफिलाई नयाँँ उचाइ प्रदान गर्छ। ५५०० एमएएचको शक्तिशाली ब्याट्रि भएकोले ८ घण्टासम्म निरन्तर गेम खेल्न सकिन्छ।

कनेक्टिविटी र नेभिगेशन 

रियलमी जिटी टि ६ ले ५ जि+ ५ जिको डुअल मोड उपलब्ध रहेको छ। साथै वाइफाइ ६, ब्लुटुथ ५.४, एनएफसीसहित जिपिएस, ग्यालिलियो, बाइडु जस्ता न्याभिगेसन सिस्टम पनि उपलब्ध रहेको छ। 

स्लीक डिजाइन र उत्कृष्ट अडियो

१६२ एमएमको लम्बाइ, ७५.१ एमएमको चौडाइ र ८.६५ एमएमको गहिराइले यस स्मार्टफोनको डिजाइन उत्कृष्ट बनाएको छ। १९१ ग्रामको तौल रहेको रियलमी जिटी टि ६ ह्यान्डल गर्न निकै सहज छ। साथमा यसमा रहेको डुअल माइक नोइज क्यान्सिलेसनले आकर्षक अडियो अनुभव प्रदान गर्दछ।  

रियलमीयुआइ ५.० को साथमा पृथक अनुभव

रियलमी जिटी टि ६ एन्ड्रोइड १४ मा आधारित रियलमीयुआइ ५.० मा चल्दछ जसले जसले प्रयोगकर्तालाई आवश्यक अपसन छान्ने सुविधा र र उन्नत गोपनीयताका सुविधाहरू प्रदान गर्दछ।

मुल्य र उपलब्धता 

रयलमी जिटी ६ टि १२ + ५१२  जिबी भेरियन्टमा फ्लुइड सिल्भर र रेजर ग्रीन रंगमाउपलब्ध छ जसको मुल्य रु ६५,९९९ रहेको छ। रियलमी जिटी ६ टि साउन ९ देखि नेपालभरका सबै आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.