सोमबार, मंसिर १०,२०८१ 06:31:09
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 06:31:09
IME remit
Global IME Bank Limited

नेपालमा १०८ विमान दुर्घटना, कति जनाले गुमाए ज्यान ? हेर्नुहोस् विवरणसहित

Hyundai Nepal
नेपालमा १०८ विमान दुर्घटना, कति जनाले गुमाए ज्यान ? हेर्नुहोस् विवरणसहित
Nabil Bank Limited

काठमाण्डौ। सन् १९५५ यता नेपालमा १०७ वटा हवाई दुर्घटना भएका छन्। नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार यी दुर्घटनामा ९५९ जनाको ज्यान गएको छ। करिब ६९ वर्षको अवधिभर भएका यी हवाई दुर्घटनामा नेपालका मल्टिइन्जिन विमान, सिंगल इन्जिन विमान, विदेशी विमान र हेलिकप्टर छन्। हेर्नुहोस् विवरणसहित :

६६ दुर्घटनामा मानवीय क्षति, ४२ वटामा जोगियो

नेपालमा भएका १०८ हवाई दुर्घटनामध्ये ६६ दुर्घटनामा ९५९ जनाको ज्यान गएको हो। ४२ वटा दुर्घटनामा भने मानवीय क्षति हुनबाट जोगिएको तथ्यांक छ।

Bizshala
Shivam Cement
CG Motors

मल्टिइन्जिन विमान दुर्घटनामा धेरै मानवीय क्षति

सबैभन्दा धेरै मानवीय क्षति मल्टिइन्जिन विमान दुर्घटनामा भएको छ। प्राधिकरणको तथ्यांकअनुसार मंगलबार भएको सौर्य एयरलाइन्सको विमानसहित नेपालमा मिल्टइन्जिनका ५१ वटा विमान दुर्घटना भएका छन्। मंगलबार मृत्यु हुने १८ सहित यी दुर्घटनामा ४६९ जनाले ज्यान गुमाएका छन्।

५१ मध्येका ३० दुर्घटनामा मानवीय क्षति भएको छ भने, २१ वटा दुर्घटनामा मानवीय क्षति हुन जोगिएको छ। प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्ट, २०२३ अनुसार नेपालमा सबैभन्दा धेरै दुर्घटनामा पर्ने र मानवीय क्षति हुने गरेका विमान यी नै हुन्।

आठवटा सिंगल इन्जिन विमान दुर्घटना

सन् २०७५ यता नेपालमा आठवटा सिंगल वा एकल इन्जिनका विमान दुर्घटनामा परेका छन्। यीमध्ये ६ दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन्। दुईवटा दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको प्राधिकरणको तथ्यांक छ।

३९ वटा हेलिकप्टर दुर्घटना

सन् १९७९ यता नेपालमा ३९ वटा हेलिकप्टर  दुर्घटना भएका छन्। यीमध्ये २१ वटा दुर्घटनामा ९२ जनाले ज्यान गुमाएका छन्। बाँकी १८ वटा दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको छ।  

दशवटा विदेशी विमान दुर्घटना

नेपालमा विदेशी विमानसमेत दुर्घटना हुने गरेका छन्। नेपालमा पहिलोपटक १९५५ को अगस्ट ३० मा विमान दुर्घटना भएको प्राधिकरणको तथ्यांक छ । सिमरामा दुर्घटना भएको उक्त विमान भारतको कालिंगा एयरको थियो। त्यसयता नेपालमा दशवटा विदेशी विमान दुर्घटनामा परेका छन्। यी दुर्घटनामा ३७३ जनाले ज्यान गुमाएका छन्। दशमध्ये एउटा दुर्घटनामा मात्रै मानवीय क्षति नभएको रेकर्ड छ।

सबैभन्दा ठूलो विदेशी र स्वदेशी विमान दुर्घटना

एउटै हवाई दुर्घटनामा सबैभन्दा धेरै मानिसको ज्यान जाने गरी नेपालमा विदेशी विमान दुर्घटना भएको छ। सन् १९९२ को सेप्टेम्बर २८ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको दुर्घटना भएको थियो। 

उक्त दुर्घटनामा १६७ जनाको ज्यान गएको थियो, यो नै सबैभन्दा ठूलो मानवीय क्षति भएको दुर्घटना हो। आन्तरिक वा स्वदेशीतर्फ भने गत वर्ष सन् २०२३ को जनवरी १५ मा भएको यती एयरलाइन्सको विमान दुर्घटना हो। पोखरामा भएको उक्त दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.