मंगलवार, बैशाख ९,२०८२ 01:35:47
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 01:35:47
IME remit
Global IME Bank Limited

दम्पतीलाई आशावादी बनि अभिभावक बन्ने सपना साकार पार्न इन्दिरा आईभीएफको आग्रह

Hyundai Nepal
दम्पतीलाई आशावादी बनि अभिभावक बन्ने सपना साकार पार्न इन्दिरा आईभीएफको आग्रह
Nabil Bank Limited

काठमाण्डौ। इन्दिरा आईभीएफले दम्पतीहरूलाई आशालाई जीवित राख्दै आफ्नो अभिभावकत्वको सपना साकार गर्न आव्हान गरेको छ। इन्दिरा आईभीएफ नेपाल दम्पतीहरूलाई उनीहरुको अभिभावकत्वको यात्रामा बृहत् र सहृदयी सहायता प्रदान गर्न प्रतिबद्ध रहेको जनाउँदै यस्तो आग्रह गरेको हो। विश्व आईभीएफ दिवसको अवसरमा केन्द्रले बाँझोपन उपचारको बारेमा व्याप्त भ्रम र गलत धारणाहरूलाई सम्बोधन गर्ने आफ्नो प्रतिबद्धतामा पुनः जोड दिएको छ। विश्व आईभीएफ दिवस एक महत्त्वपूर्ण अवसर हो जसले इन भिट्रो फर्टिलाइजेसन (आभीएफ) को क्षेत्रमा प्रगति र सफलताका कथाहरू सुनाउँदै जनमानसमा सचेतना जगाउँछ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

आईभीएफको यात्रा विश्वव्यापी सफलताको कथासँगै सुरु भएको हो। विश्व आईभीएफ दिवस सन् १९७८ मा पहिलो आईभीएफ शिशु लुइस ब्राउनको जन्मको सम्झनामा मनाइन्छ। उनको आगमनले मानव शरीर बाहिर पनि गर्भाधान सम्भव छ भनेर प्रमाणित गर्दै चिकित्सा विज्ञानमा एक महत्वपूर्ण उपलब्धि अङ्कित भएको थियो। आईभीएफमा नेपालको यात्रा भने धेरै पछि मात्र सुरु भयो। नेपालले सन् २००५ मा आफ्नो पहिलो आईभीएफ शिशु ओममणि तामाङलाई जन्म दिएको थियो। सुरुमा केही केन्द्रहरूले मात्र आईभीएफ सेवा दिने गरेकोमा हालका वर्षहरूमा भने यसमा उल्लेखनीय परिवर्तन आएको छ।

नेपालमा आईभीएफ क्षेत्रले विगत केही दशकहरूमा उल्लेखनीय वृद्धि र विकास गरेको छ। जसलाई पनि असर गर्न सक्ने एक चिकित्सा अवस्थाको रूपमा बाँझोपनलाई स्वीकार गरिएको हुनाले यसका लागि उन्नत प्रजनन प्रविधिहरूको माग दिनदिनै बढिरहेको छ। इन्दिरा आईभीएफजस्ता प्रजनन क्लिनिकहरूको विस्तारले उपचार चाहनेहरूलाई अझै नजिक ल्याउँदैछ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको बाँझोपनको बारेमा बढेको जागरूकताले भ्रम र अन्धविश्वासलाई तोडेको छ।

दम्पतीहरूलाई उनीहरूले भोगेका पीडा र संघर्षहरू खुला रूपमा छलफल गर्न र उनीहरूको अभिभावकत्वको सपना हासिल गर्न आवश्यक उपचार खोज्न प्रोत्साहित गरेको छ। यी सबै कारकहरूले पनि बाँझोपनको सामना गरिरहेका नेपाली दम्पतीहरूका लागि आईभीएफलाई अझ सुलभ विकल्प बनाएको छ। ‘ढिलो बच्चा जन्माउने, मदिरा र सुर्तीजन्य पदार्थको सेवनजस्ता अस्वस्थ जीवनशैली र बदलिँदो वातावरणीय अवस्थाले बाँझोपनमा योगदान पुर्याउँछ। हामीसँग शुक्रकीटको संख्या कम भएको एउटा केस थियो र त्यसमा डीएफआई परीक्षण र टेसा प्रक्रियाको संयोजन गरेर हामी सफल गर्भावस्था प्राप्त गर्न सक्षम भयौं’, इन्दिरा आईभीएफकि केन्द्र प्रमुख तथा बाँझोपन विशेषज्ञ डा.नेहा होमागाईले भनिन्।

इन्दिरा आईभीएफमा कार्यरत प्रजनन विशेषज्ञ डा.मनिषा आचार्य थप प्रकाश पार्छिन्, विशेषगरी कम शुक्रकीट संख्याका कारण हुने पुरुष बाँझोपनको समस्या नेपालमा धेरै छ।’ उनले थपिन् , ‘इन्दिरा आईभीएफ नेपालमा उपचारका लागि आउने धेरै बिरामीहरूले यस अघि अन्यत्र असफल आईभीएफ प्रयासहरू गरिसकेका हुन्छन्। उन्नत प्रविधि र व्यक्तिगत हेरचाहको साथ इन्दिरा आईभीएफ नेपाल आफ्नो परिवार सुरु गर्न प्रयासरत जोडीहरूलाई आशा र समाधान प्रदान गर्दछ।’

समाजमा बाँझोपनलाई प्रायः महिलाको समस्या भनिन्छ। तर ४० प्रतिशत पुरुष र ४० प्रतिशत महिला र २० प्रतिशत दुवैजना बाँझोपनका लागि जिम्मेवार हुन्छन्। महिलाहरूमा पोलीसिस्टिक ओभरी सिन्ड्रोमी (सीओएस), अधिक तौल, खराब खानपान र आसीन जीवनशैली सामान्यतया पाइएका बाँझोपन कारणहरू हुन्। प्रभावकारी उपचार र सफल नतिजाहरूको लागि पुरुष र महिला दुवैका समस्याहरू बुझ्न र त्यसलाई सम्बोधन गर्नु महत्त्वपूर्ण हुन्छ।

नेपालमा परम्परागत सामाजिक दृष्टिकोणले बाँझोपनको बोझ महिलालाई मात्रै बोकाउँछ। यद्यपि, इन्दिरा आईभीएफले पुरुष बाँझोपनका कारकहरूलाई हाइलाइट गरेर र प्रजनन चुनौतीहरूको बारेमा खुला सञ्चारलाई बढावा दिएर यो धारणा परिवर्तन गर्दैछ। केन्द्रले आमजनतालाई शिक्षित पार्न र आईभीएफ सम्बन्धी व्याप्त मिथकहरू हटाउन नेपालभर ११ वटा सचेतना शिविरहरू सञ्चालन गरिसकेको छ।

भारतको प्रजनन अस्पतालहरूको अग्रणी शृङ्खला इन्दिरा आईभीएफले यस वर्षको सुरुमा नेपालको काठमाडौंमा आफ्ना सेवाहरू विस्तार गर्यो र सुलभ अनि किफायती बाँझोपन उपचारको बढ्दो मागलाई सम्बोधन गर्यो। क्लिनिकले दम्पतीहरूलाई अभिभावकत्वको यात्रामा सशक्त बनाउन व्यापक हेरचाह, भावनात्मक समर्थन र अत्याधुनिक प्रविधि प्रदान गर्दछ। नेपालमा बाँझोपन उपचारलाई रूपान्तरण गर्न र उज्ज्वल भविष्यको लागि आशा प्रदान गर्न इन्दिरा आईभीएफ प्रतिबद्ध छ।

इन्दिरा आईभीएफको बारेमाः

देशभर १४० भन्दा बढी केन्द्रहरू भएको र ३१०० भन्दा बढी जनशक्तिको उत्साही कार्यबलद्वारा समर्थित इन्दिरा आईभीएफ भारतको सबैभन्दा ठूलो बाँझोपन विशेष क्लिनिक चेन हो। इन्दिरा आईभीएफले एक वर्षमा लगभग ४५००० भन्दा बढी आईभीएफ प्रक्रियाहरूद्वारा उपचार सम्पन्न गर्दै आएको छ जुन सङ्ख्या देशभरिमा सबैभन्दा धेरै हो। एक जिम्मेवार र अग्रणीको रूपमा इन्दिरा आईभीएफले बाँझोपनको बारेमा व्याप्त भ्रम, वर्जना, मिथक र गलत जानकारी हटाउन निरन्तर प्रयास गर्छ। इन्दिरा आईभीएफ प्रजनन उपचारका लागि प्रतिभा विकास र ग्रुमिङ गर्न पनि प्रतिबद्ध छ।

सन् २०२३ मा बीपीईए–ईक्यूटी ले यस संगठनमा रणनीतिक रूपमा लगानी गरेको थियो। इन्दिरा आईभीएफको स्थापना सन् २०११ मा राजस्थानको उदयपुरमा डा.अजय मुर्डियाद्वारा गरिएको हो।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.