मंगलवार, बैशाख ९,२०८२ 01:30:04
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 01:30:04
IME remit
Global IME Bank Limited

सौर्य जहाज दुर्घटना: १०० फिटमाथि गयो जहाज कन्ट्रोल गर्न सकिनँ,छिनमै तल झर्‍यो-क्याप्टेन शाक्य

Hyundai Nepal
सौर्य जहाज दुर्घटना: १०० फिटमाथि गयो जहाज कन्ट्रोल गर्न सकिनँ,छिनमै तल झर्‍यो-क्याप्टेन शाक्य
Nabil Bank Limited

काठमाण्डौ। सौर्य एयरलाइन्स जहाज बुधबार दुर्घटना भयो। जहाजमा सवार १९ जना थिए। १९ जनामध्ये १८ को ज्यान गयो। दुर्घटनामा जहाजकै क्याप्टेन मनीष शाक्य मात्रै बाँच्न सफल भए। ज्यान जोगाएका एक मात्र क्याप्टेन मनीष हाल केएमसी मेडिकल कलेज सिनामंगलको उपचार कक्ष (आइसियू) मा उपचाररत छन्।समयमै सुरक्षाकर्मीहरू उद्धार गर्न पुगेकाले क्याप्टेन शाक्य बाच्न सफल भएको भएका हुन् ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टिम पुगेको थियो। नेपाली सेनाका अनुसार दुर्घटनापछि एक्सप्लोसिभ अर्डिनेन्स डिस्पोजल (इओडी) युनिटबाट प्रमुख सेनानीको कमान्डमा सात जनाको टोली उद्धार समाग्रीसहित घटनास्थलमा पुगेको थियो। उक्त टोलीले जहाज उद्धारको काम अघि बढायो। 

नेपाली सेनाका अनुसार जहाज दुई टुक्रा भएको थियो। कन्टेनरमा ठोक्किएको जहाजको ककपिट कन्टेनरसँगै थियो भने पछाडिको भाग केही मिटर पर थियो। सेनाको टोली पुगेको पाँच मिनेट मात्र भएको थियो, उनीहरूले ककपिटबाट मान्छेले इसारा गरेको देखे।

यसपछि सेनाले हेर्दा ‍रगताम्मे अवस्थामा क्याप्टेन शाक्यलाई फेला पारेको थियो। शाक्य बोल्न सक्ने तर आत्तिएको अवस्थामा थिए। उनलाई विमानस्थलमै रहेको फायर ब्रिगेडको एम्बुलेन्समा राखेर काठमाडौं मेडिकल कलेज पुर्‍याइएको थियो। 

क्याप्टेन शाक्य कसरी बाच्न सके भनेर नागरिक उड्ड्यन प्राधिकरणले पनि सत्य के हो तै पनि प्रारम्भिक कारण मात्रै बताएको छ। जसमा जहाज कन्टेनरमा ठोक्किएपछि आगो सुरू भएको थियो। जहाजको दायाँतिरको भाग कन्टेनरमा ठोक्किएको थियो। जहाँ कोपाइलट बस्छन्।

 क्याप्टेन शाक्य बायाँतिर बसेका थिए,भूलले भने,उनी भएतिर ठोक्किएन र ककपिट पनि जहाजबाट छुट्टियो। त्यसैले उनलाई आगोले समात्न सकेन्। 

जहाजको इन्जिनमा भने आगो लागेकाले अरू कसैलाई जोगाउन नसकिएको सुरक्षाकर्मीहरु बताउँछन्। त्यही बेला नेपाल प्रहरीले खिचेको शाक्यको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकोे छ। कपडा र अनुहारमा रगत लागेको ‍देखिन्छ।

काठमाण्डौ मेडिकल कलेजका अनुसार क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताइएको छ।

कलेजका अनुसार शाक्यको आँखा, नाक र टाउकोमा चोट छ। ढाडको एउटा हड्डीका साथै देव्रेतर्फका तीन वटा करङ भाँचिएका छन्। आँखा, नाक र टाउकोको  चोटको बुधबार नै उपचार गरिसकिएको छ।

यसैबीच आईसीयूमा उपचारका क्रममै उनले केएमसीका डाक्टरहरूसँग घटनाको इतिवृतान्त सुनाएका छन्। शाक्यले अस्पतालसँग भनेका छन्,‘जहाज उडाउन कोसिस गर्दै थिएँ, १०० फिटमाथि गएको थियो। त्यसपछि कन्ट्रोल गर्न सकिनँ,’ क्याप्टेन शाक्यले बताएको कुरा उद्धृत गर्दै काठमाडौं मेडिकल कलेजले जनाएको छ। ‘छिनमै जहाज तल झर्‍यो, मचाहिँ कता-कताबाट बाहिर निस्किएँ। थाहै भएन्।’

काठमाण्डौबाट बुधबार बिहान ११ः११ मिनेटमा प्राविधिक र इन्जिनियर बोकेर पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटनामा परेको थियो ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.