मंगलवार, बैशाख ८,२०८३ 05:37:48
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 05:37:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पूर्वीनाकाबाट ४ अर्बको तरकारी आयात

Bizshala
पूर्वीनाकाबाट ४ अर्बको तरकारी आयात
Shivam Cement

काठमाण्डौ। पूर्वीनाका काँकडभिट्टाले आर्थिक वर्ष २०८०/८१ मा रु चार अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्य बराबरको दुई लाख २८ हजार एक सय १९ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको छ। जसमध्ये रु एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेडा आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यालयका अनुसार सोही अवधिमा रु ५७ करोड ५३ लाख ८० हजार मूल्य बराबरको २८ हजार ८६९ मेट्रिक टन करेला, रु ३० करोड सात लाख ८० हजार मूल्य बराबरको १५ हजार ३९ मेट्रिक टन भिन्डी, रु २९ करोड ५७ लाख ४० हजार मूल्य बराबरको १४ हजार ७८७ मेट्रिक टन हरियो खुर्सानी आयात भएको छ।

त्यसैगरी रु.२९ करोड ३२ लाख ४० हजार मूल्य बराबरको १४ हजार ६६२ मेट्रिक टन स्कुस, रु.२१ करोड १४ लाख ८० हजार मूल्य बराबरको १० हजार ५७४ मेट्रिक टन फर्सी र रु.१५ करोड ६७ लाख २० हजार मूल्य बराबरको सात हजार ८३६ मेट्रिक टन बोडी भारतबाट आयात भएको छ।

तरकारी जस्तै फलफूलमा पनि भारतीय निर्भरता अत्यधिक छ। गत आव २०८०/८१ मा काँकडभिट्टा नाका भएर रु चार अर्ब ८७ करोड ६५ लाख १८ हजार मूल्य बराबरको ९८ हजार ३९४ मेट्रिक टन ताजा फलफूल भारतबाट आयात भएको छ।

यसैगरी, रु दुई अर्ब ७७ करोड ३५ लाख ३६ हजार मूल्य बराबरको एक लाख १५ हजार ५६४ मेट्रिक टन आलु भारतबाट आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ।

यस्तै,सोही अवधिमा रु ९९ करोड ७८ लाख ४० हजार मूल्य बराबरको २४ हजार ९४६ मेट्रिक टन भुइँकटहर, रु ४२ करोड १५ लाख मूल्य बराबरको लसुन, रु ४५ करोड १६ लाख आठ हजार मूल्य बराबरको तरबुजा र रु ३३ करोड ५२ लाख मूल्य बराबरको ड्रागन फ्रुट भारतबाट भित्रिएको छ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.