मंगलवार, पुष १,२०८२ 11:43:39
Bizshala
  • मंगलवार, पुष १,२०८२ 11:43:39
Bizshala
Global IME Bank Limited
Bizshala

ऋणमा डुबेका मजदुरले ८० लाखको हीरा पाएपछि...

Hyundai Nepal
ऋणमा डुबेका मजदुरले ८० लाखको हीरा पाएपछि...
Shivam Cement

काठमाण्डौ। भारतको मध्य प्रदेशमा एक मजदुर रातारात धनी बनेका छन्। पन्ना जिल्लाको भाडामा लिएको खानीबाट राजु गोन्डले ठूलो हीरा पाएका छन्। यो १९.२२ क्यारेटको हीरा सरकारी लिलामीमा करिब ८० लाख रुपैयाँमा बिक्री भएको छ। राजु गोण्डले विगत दश वर्षदेखि पन्नामा खानी भाडामा लिएको बताए। पन्ना आफ्नो हीराका लागि प्रसिद्ध छ। यहाँ धेरैले सरकारबाट खानी भाडामा लिएर हिरा खोज्ने प्रयास गर्छन्। केन्द्रीय सरकारले राष्ट्रिय खनिज विकास निगम (NMDC) मार्फत पन्नामा एक यान्त्रिक हीरा खानी परियोजना सञ्चालन गर्दछ।

CG Motors
Garima Development Bank
Bizshala

NMDC ले खानीहरू व्यक्ति,परिवार र सहकारी समूहहरूलाई भाडामा दिन्छ। यी मानिसहरू साना औजारहरू प्रयोग गरेर हीरा खोज्ने प्रयास गर्छन्। यी मानिसहरूले जे पाउँछन्। त्यो सरकारी हीरा कार्यालयमा बुझाउँनुपर्छ। यो कार्यालयले हीराको मूल्याङ्कन गर्छ। राजुले फेला पारेको यो हीराको मूल्य ८० लाख रुपैयाँ रहेको बताइएको छ। मध्य प्रदेश सरकारका अधिकारी अनुपम सिंहले  भने,‘यी खानीहरू दुई सयदेखि २५० रुपैयाँमा निश्चित अवधिका लागि भाडामा दिइन्छ। धेरैले दिनहुँ साना साना हीरा प्राप्त गरिरहन्छन्। तर गोन्डले फेला पारेको हीरा सबैभन्दा ठुलो भएको र यो निकै चासोको विषय बनेको छ।’

राजुले बताए अनुसार उनका बुबाले दुई महिनाअघि पन्ना नजिकैको कृष्ण कल्याणपुर पट्टी गाउँमा खानी भाडामा लिएका थिए। वर्षायाममा खेतमा काम नहुने भएकाले आफ्नो परिवारले पन्नामा खानी भाडामा लिएर हिरा खोज्ने काम गरिरहेको बताए। उनले भने, ‘हामी गरिब हौँ, आम्दानीको अर्को कुनै स्रोत छैन त्यसैले केही कमाउने आशा गर्छौँ।’ राजु अनमोल हीरा खोज्ने धेरै प्रयास गरेको बताउँछन्।  

राजु गोन्डले कसरी पाए हीरा ?  

मानिसहरू पन्नामा साना खानीहरूमा यस्तै साना औजारहरूले खन्ने गर्छन्। बुधबार बिहान राजु सदाझैँ काम गर्न भाडा खानीमा पुगेका थिए।आफ्नो कामको बारेमा राजु भन्छन्, ‘हामीले खाडल खने, माटो र ढुङ्गा निकाल्ने, छलनीमा धुने र साना ढुङ्गाहरूमा ध्यान दिएर हिरा खोज्ने काम हो। म ढुङ्गा धोइरहेकी थिएँ र अचानक काँचजस्तो देखिने एउटा टुक्रा देखेँ। मैले त्यसलाई उठाएँ र आफ्नो आँखा अगाडि राखेँ। मन्द उज्यालो देखेँ। त्यसपछि मैले हिरा फेला पारेको महसुस गरें।’

जुन उनको त्यो कडा मेहनत बुधबार दिउँसो सफल भएको हो। त्यसपछि राजुले फेला परेको हीरा सरकारी हीराको कार्यालयमा लगें। त्यहाँ हीराको तौल र मूल्याङ्कन गरिएको थियो। सरकारी अधिकारी सिंहले आगामी सरकारी लिलामीमा उक्त हीराको बोली लाग्ने बताए। उनले हिराको सरकारी रोयल्टी र कर काटेर बाँकी रकम राजुलाई दिने बताए।

राजु हिरा बेचेर कमाएको पैसा आफ्नो परिवारको लागि राम्रो घर र छोराछोरीलाई राम्रो शिक्षा दिने बताउँछन्। तर सबैभन्दा पहिले ऋण लिएको पाँच लाख रुपैयाँ फिर्ता गर्ने उनको भनाइ छ।

यस्तै,राजुले आफूले पाएको ठूलो रकमको बारेमा संसारले थाहा पाउनेछ भन्नेमा कुनै पनि डर नभएको बताए। जसमा आफूले प्राप्त गरेको रकम आफूसँगै बस्ने १९ जनालाई बाँड्ने उनको भनाइ छ। अहिले उनी आफ्नो खातामा धेरै पैसा आउने कुरामा ढुक्क मात्रै होइनन् खुसी पनि छन्। फेरि त्यही खानीमा गएर काम गर्ने र हिरा खोज्न उनी बताउँछन्।  

IME remit
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.