मंगलवार, बैशाख ९,२०८२ 01:32:55
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 01:32:55
IME remit
Global IME Bank Limited

‘मिस युनिभर्स नेपाल २०२४’ को शीर्ष ३५ को लागि अडिसन हुँदै

Hyundai Nepal
‘मिस युनिभर्स नेपाल २०२४’ को शीर्ष ३५ को लागि अडिसन हुँदै
Nabil Bank Limited

काठमाण्डौ। ‘मिस युनिभर्स नेपाल २०२४’ को लागि यहीँ सोमबार अडिसन हुने भएको छ। प्रिलिमिनरी राउन्डबाट छनौट भएका ६० जनामध्ये ३५ जनाको अडिसनमार्फत हिल्टन काठमाण्डौमा छनोट हुने आयोजकले जनाएको छ। अडिसनको जज प्यानलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका छन्।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

त्यस्तै आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका म्यानेजिङ्ग डिरेक्टर आलोक क्षत्री, सिइओ एवम् प्रेसिडेन्ट सबी पुरीर मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीलेजजको रुपमा अडिसन लिने भएकी छन्। उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने भर्चुअल माध्यमबाट सहभागीता जनाउने छन्।

यो अडिसनमा छनोट हुने ३५ प्रतिस्पर्धीले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिने छन्। उनीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिंङ, आर्थिक व्यवस्थापनलगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाइने आयोजकले बताएको छ।

यसपालीको मिस युनिभर्स नेपाल २०२४ मा ट्रान्सजेन्डर, विवाहित, गैर नेपाली महिलाहरू र डाक्टर, इन्जिनियर, पाइलट लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागीता रहेको मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले जानकारी दिइन्।

‘मिस युनिभर्स नेपाल २०२४’ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ। बिजेताले नोभेम्वरमा हुने मिस युनिभर्स २०२४ को लागि मेक्सिकोमा १०० देशहरुसँग प्रतिस्पर्धा गर्ने छन्।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.