मंगलवार, बैशाख ८,२०८३ 04:02:10
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 04:02:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

देशभर ९२.४% रोपाईं सम्पन्न, सुदूरपश्चिम प्रदेशमा करिब शतप्रतिशत

Bizshala
देशभर ९२.४% रोपाईं सम्पन्न, सुदूरपश्चिम प्रदेशमा करिब शतप्रतिशत
Shivam Cement

काठमाण्डौ । मनसुनको अन्त्य नजिकिएसँगै देशभर ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो ।  

तथ्यांक अनुसार १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाई सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै अहिलेसम्म सबभन्दा कम रोपाईं कोशी प्रदेशमा भएको छ । कोशी प्रदेशमा ९०.७ प्रतिशत रोपाईं सम्पन्न भएको तथ्यांकले देखाउँछ । यो प्रदेशको २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ५० हजार ६२४ हेक्टर जमिनमा रोपाईं भएको छ । गत वर्ष भने यतिबेलासम्म कोशी प्रदेशमा ८३.६ प्रतिशत मात्रै रोपाईं भएको थियो ।

यस्तै मधेस प्रदेशमा ९२, बागमती प्रदेशमा ९०.८ प्रतिशत, गण्डकी प्रदेशमा ९१.९ प्रतिशत,लुम्बिनी प्रदेशमा ९१.३ प्रतिशत र कर्णाली प्रदेशमा ९६.९ प्रतिशत जमिनमा रोपाईं सकिएको छ ।  

मनशुनको आगमन समयमै भएकाले यसपाली देशको सबै प्रदेशमा र उच्च दरमा रोपाईं सकिएको छ । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.