बिहीबार, असार ११,२०८३ 12:21:53
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:21:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरधितो कर्जासम्बन्धी सर्कुलर केही दिनपछि, गभर्नर भन्छन्–‘सबैको सुझावअनुसार संस्थागतको क्याप हटाइयो, जोखिमभार घटाइयो’

Laxmi Sunrise Bank Limited
सेयरधितो कर्जासम्बन्धी सर्कुलर केही दिनपछि, गभर्नर भन्छन्–‘सबैको सुझावअनुसार संस्थागतको क्याप हटाइयो, जोखिमभार घटाइयो’

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर बजारका लागि गरेको नीतिगत व्यवस्थाहरुको विषयमा भ्रम फैलाइएको छ ।  

राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको क्याप संस्थागत लगानीकर्ताहरुका लागि खोलेको थियो भने व्यक्तिगतका लागि १५ करोडलाई यथावत राखेको थियो ।  

यस्तै, सेयर धितो लगायतका कर्जाहरुको जोखिमभार समेत पुनरावलोकनको घोषणा गरिएको थियो । 

New Office
CG Motors
Garima Development Bank

मौद्रिक नीतिमा आधारित रही हिजो(बुधबार) साँझ केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुका नाममा सर्कुलर जारी गरेको थियो । सो सर्कुलरमा सेयर धितो कर्जा, जोखिमभार लगायतको विषयमा कुनै पनि व्यवस्था उल्लेख गरिएको छैन । यही विषयलाई बजारका केही खेलाडीहरुले भ्रम फैलाइरहेका पाइएको हो ।  

कतिपयले राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको विषयमा गरेको व्यवस्थाबाट पछि हटेकोसम्म भ्रम छरिरहेका देखिएको छ ।  

तर, राष्ट्रबैंकका अधिकारीहरु भने बजारमा छरिएको भ्रमको पछि नलाग्न आग्रह गरेका छन् । केन्द्रीय बैंकका प्रवक्ता रामु पौडेलले मौद्रिक नीतिमा भएका व्यवस्थाहरु क्रमशः कार्यान्वयन गर्दै लगिने प्रष्ट पारेका छन् । 'घोषित व्यवस्थाबाट राष्ट्रबैंक पछि हट्ने भन्ने कुरै हुँदैन ।' उनले भने- 'हिजो सर्कुलरमार्फत नआएका विषय अर्को सर्कुलरमार्फत पुनः आउने नै छन् ।'  

त्यसो त बुधबार प्रकाशित एउटा अन्तर्वार्तामा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत स्पष्ट रुपमा सेयर धितो कर्जामा आफूहरुले गरेको व्यवस्थाको बचाउ  गरेका छन् । उनले सो अन्तर्वार्तामा सेयर धितो कर्जामा संस्थागतलाई अधिकतमको क्याप खोलिएको विषयमा सो अन्तर्वार्तामा भनेका छन्–‘संस्थागत लगानीकर्ताको क्याप हटाइएको छ । यो बारम्बार अगाडिबाटै छलफल हुँदै आएका विषय हुन् यी । धेरै सिफारिसहरु आएका हुन् । नियामक धितोपत्र बोर्डले समेत यस बारेमा सुझावहरु दिनुभएको हो । हामीले समयसापेक्ष सुधारहरु गर्दै जानुपर्छ । जोखिमभार १५० बाट १२५ मा झार्यौ । यस्ता सुधारहरु बीच बीचका समीक्षाहरुमा पनि हुँदै आएका हुन् ।’  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.