काठमाण्डौ । साविकको किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एक आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्तले प्रमुख कार्यकारी अधिकृत(सीईओ) माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै सीईओ पदका लागि दरखास्त आह्वान गरेको हो ।
सीईओ पदका लागि चाटर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय,मौद्रिक,अर्थशास्त्र,वाणिज्यशास्त्र,लेखाशास्त्र तथ्यांकशास्त्र,गणितशास्त्र,व्यापार प्रशासन,जन प्रशासन,ग्रामीण विकास, कृषि,समाजशास्त्र,कानून,सूचना प्रविधि वा कम्प्युटर विज्ञान विषयमा स्नाकोत्तर परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सो भन्दा माथिको तहमा रही कम्तिमा १० वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्नेछ ।
आवेदकको उमेर ४० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेद्वारको छनौट व्यवसायिक योजना,प्रस्तुतिकरण तथा अन्तर्वार्ताका माध्यमबाट हुनेछ ।
इच्छुक तथा योग्य आवेदकले साउन २१ गतेसम्म आवश्यक सम्पूर्ण कागजातसहित दरखास्त आवेदन पेश गर्नु पर्नेछ ।