सोमबार, पुष ८,२०८१ 05:58:51
IME remit
  • सोमबार, पुष ८,२०८१ 05:58:51
IME remit
Global IME Bank Limited

सेयरधितो कर्जामा संस्थागतको क्याप हटाइएको व्यवस्था कार्यान्वयनमा, बजार घटाउने प्रयास असफल, कारोबार बढेर ५० अर्बसम्म पुग्नसक्ने

Hyundai Nepal
सेयरधितो कर्जामा संस्थागतको क्याप हटाइएको व्यवस्था कार्यान्वयनमा, बजार घटाउने प्रयास असफल, कारोबार बढेर ५० अर्बसम्म पुग्नसक्ने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जामा २० करोडको सीमा हटाएको छ ।  

केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाका लागि एकीकिृत निर्देशन जारी गर्दै मौद्रिक नीतिमा घोषित व्यवस्था कार्यान्वयनमा ल्याएको हो । योसँगै संस्थागत लगानीकर्ताले लिने सेयर धितो कर्जाको सीमा हटेको छ । 

Bizshala
Shivam Cement
CG Motors

राष्ट्र बैंकले गत साउन ११ गते चालु आवका लागि मौद्रिक नीति जारी गर्दै संस्थागत लगानीकर्ताका लागि सेयरधितो कर्जाको सीमा हटाएको थियो । जसलाई आज राष्ट्र बैंकले सर्कुलरमार्फत बैंक तथा वित्तीय संस्थालाई कार्यान्वयनका लागि निर्देशन दिएको छ ।  

'कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १५ करोड कायम गरिएको छ । तर धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागु हुनेछैन ।'-सर्कुलरमा भनिएको छ ।

यसअघि संस्थागत लगानीकर्ताका लागि सेयरधितो कर्जाको सीमा २० करोड र व्यक्तिगतका लागि १५ करोड थियो ।

यसअघि केन्द्रीय बैंकले सर्कुलरमार्फत सेयरधितो कर्जाको व्यवस्था कार्यान्वयनमा नल्याएको र त्यसमा उसले अलमल गराएको भन्दै बजारका केही समूहहरुले मौद्रिक नीतिमार्फत घोषित व्यवस्थाको विषयमा भ्रम छर्ने कोशिश गरेका थिए ।  

कतिपय स्वार्थ समूहहरुले मिडियाहरु नै प्रयोग गरेर सेयरधितो कर्जामा संस्थागतको क्याप हटेको विषय सर्कुलरमा नआउने भन्दै बजार घटाउने प्रयास गरेका थिए ।  

आजको सर्कुलरसँगै निश्चित समूहको सेयर बजारमा खेल्ने र नेप्से परिसूचक घटाउने प्रयास स्वतः असफल भएको छ ।  

यस्तै, संस्थागत सेयरधितो कर्जाको सीमा हटाइएको व्यवस्था कार्यान्वयन सर्कुलरपछि मात्र हुने भएकोले बजारमा अब लगानी अझ बढ्नसक्ने देखिन्छ । संस्थागत लगानीकर्ताले खुलेरै सेयरधितो कर्जा लिने अवस्था कार्यान्वयन आएसँगै त्यस्तो कर्जा लिने र त्यो रकम समेत सेयर बजारमा भित्रिएपछि कतिपयले दाबी गर्दै आएजस्तो दैनिक कारोबार ५० अर्ब नजिक पुग्नसक्ने समेत देखिन्छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.