सेयरधितो कर्जामा संस्थागतको क्याप हटाइएको व्यवस्था कार्यान्वयनमा, बजार घटाउने प्रयास असफल, कारोबार बढेर ५० अर्बसम्म पुग्नसक्ने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जामा २० करोडको सीमा हटाएको छ । केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाका लागि एकीकिृत निर्देशन जारी गर्दै मौद्रिक नीतिमा घोषित व्यवस्था कार्यान्वयनमा ल्याएको हो । योसँगै संस्थागत लगानीकर्ताले लिने सेयर धितो कर्जाको सीमा हटेको छ ।