काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको माघ २२ गते साँझ ५ बसेको सञ्चालक समितिको १६३ औं बैठकले लाभांश घोषणा गरेको हो ।
आर्थिक वर्ष २०७९-८० सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको छ । प्रस्तावित लाभांशमध्ये करसहित ७.५ प्रतिशत नगद लाभांश र बाँकी ७.५ प्रतिशत बोनस सेयर रहेको छ ।
हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीबाट प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।