मंगलवार, असार ३,२०८२ 02:53:20
  • मंगलवार, असार ३,२०८२ 02:53:20
Global IME Bank Limited

नेपालमा पेट्रोलियम पाइपलाइन बनाउन भारत सहमत

Hyundai Nepal
नेपालमा पेट्रोलियम पाइपलाइन बनाउन भारत सहमत
Nabil Bank Limited

काठमाण्डौ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित मन्त्रालयका अधिकारीहरू हाल भारत भ्रमणमा छन्। उनीहरू बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका राष्ट्रहरूको प्रयास (बिम्स्टेक) को व्यापार सम्मेलनमा सहभागी हुन भारत पुगेका हुन्।

भण्डारी र उक्त टोलीले त्यहाँका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँग दिल्लीमा भेटवार्तामा गरेका छन्। सोही भेटवार्तामा सिलगुडी (झापा र अमलेखगञ्ज-चितवन पाइपलाइन अनुदानमा बनाइदिन नेपालले आग्रह गरेको बताइएको छ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पेट्रोलियम पदार्थ ल्याउन प्रयोग हुनेगरी पूर्वी नेपालमा एउटा नयाँ अन्तर्देशीय पाइपलाइन अनुदानमा बनाइदिन भारत सकारात्मक भएको बताइएको छ। भ्रमणमा रहेका नेपालका वाणिज्य अधिकारीहरूका अनुसार  नेपालमा निर्माण सकिएर पाँच वर्षदेखि सञ्चालनमा रहेको ६९.२ किलोमिटर लामो पाइपलाइनको विस्तारमा अनुदान दिन भारत तयार देखिएको हो। 

दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पाइपलाइन विस्तारको कार्य  नेपाली भूमिभित्रै हुन लागेको हो। नेपाल आयल निगमले पाइपलाइन निर्माणका लागि लगानी व्यवस्थापनबारे छलफल चलिरहेका बेला भारत यसमा  सकारात्मक रहेको जनाएको छ।

नेपाल र भारत इन्धन ढुवानीका लागि पेट्रोलियम पाइपलइन बनाउन सहमत बनेपछि पहिलो चरणमा बनेको पाइपलाइनबाट पाँच वर्षअघिदेखि डिजल ल्याउन थालिएको थियो। दुई देशको संयुक्त लगानीमा निर्मित उक्त पाइपलाइनबाट भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म इन्धन ढुवानी हुने गर्छ।

उक्त पाइपलाइनलाई चितवनसम्म विस्तार गर्न दुई देश यसअघि नै सहमत बनिसकेका छन्। गत वर्ष नेपालका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेलमा दुई देशबीच पूर्वी नेपालमा अर्को अन्तर्देशीय पाइपलाइन बनाउने समझदारी बनेको थियो।

उक्त भ्रमणका बेलामा जारी संयुक्त वक्तव्यमा पनि भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पाइपलाइन बनाउन सहमत भएका थिए।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.