सोमबार, असार २,२०८२ 10:57:07
  • सोमबार, असार २,२०८२ 10:57:07
Global IME Bank Limited

मातृभूमि लघुवित्तको नाफामा ५८७% को उछाल, वितरणयोग्य मुनाफा १०.५८ करोड पुग्यो

Hyundai Nepal
मातृभूमि लघुवित्तको नाफामा ५८७% को उछाल, वितरणयोग्य मुनाफा १०.५८ करोड पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । मर्जरपश्चात कायम मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले ७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५८७.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड १६ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि २५.८७ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म संस्थाले ३० करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ४१ करोड र सञ्चालन मुनाफा ११ करोड ४६ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै संस्थाको वितरणयोग्य मुनाफा १० करोड ५८ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी ६२ करोड ८३ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १० करोड ५८ लाख रुपैयाँ छ । संस्थाको रिजर्भमा ६३ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ ।  

चौथो त्रैमाससम्ममा ३ अर्ब ९६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ११ अर्ब ५१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

यो अवधिमा संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ५.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ९.८५ प्रतिशत पुगेको छ ।    

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)मा उल्लेख्य वृद्धि भएको छ । संस्थाको ईपीएस २.३० रुपैयाँबाट बढेर १२.७१ रुपैयाँ कायम भएको छ ।  

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २१७.५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ६६.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८४.२० गुणा र तरलता अनुपात ८.७८ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.