सोमबार, असार २,२०८२ 11:06:44
  • सोमबार, असार २,२०८२ 11:06:44
Global IME Bank Limited

कुथेली बुखरीले आर्जन गर्यो १.५७ करोड नाफा, कस्तो छ अन्य वित्तीय अवस्था ?

Hyundai Nepal
कुथेली बुखरीले आर्जन गर्यो १.५७ करोड नाफा, कस्तो छ अन्य वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ ।  कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानीमार्फत ३ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले १५ लाख ३३ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिसम्म ७१ लाख ५४ हजार रुपैयाँबराबरको प्रशासनिक खर्च र ५९ लाख ८ हजार वित्त खर्च(ब्याज भुक्तानी) गरेको छ । 

कम्पनीको चुक्तापूँजी १२ करोड १८ लाख रुपैयाँ छ भने रिजर्भको आकार ५ करोड ५५ लाख रुपैयाँ रहेको छ । बैंकबाट ४ करोड ५८ लाख रुपैयाँ कर्जा लिएको कम्पनीको कुल चालु सम्पत्ति ८७ लाख ७६ हजार र कुल चालु दायित्व १३ लाख ८२ हजार रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१२.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.९५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २००.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११६.७० गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.