काठमाण्डौ। नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका सदस्य तथा बीमाविद् कपिल देव ओलीको दोस्रो पटकको चारवर्षे कार्यकाल भोलि सकिदैछ।
सोही अवसरमा बीमाविद् तथा सदस्य ओलीको विदाई एवम् सम्मानमा आज प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुरको कुपण्डोलमा एक कार्यक्रम आयोजना गरेका थिए।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा विज्ञ सदस्य ओलीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै उपहार तथा सम्झनाको चिनो प्रदान गरे।
अध्यक्ष सिलवालले प्राधिकरणको सञ्चालक समितिमा बीमा विज्ञ सदस्यका रुपमा रहेर ओलीले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।