भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २० अर्ब ९० करोड, भुक्तानी ८२ करोड मात्रै
काठमाण्डौ । भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा परेको दाबी रकम २० अर्ब ९० करोड रुपैयाँ नाघेको छ। तर, प्रभावित बिमितलाई हालसम्म गरिएको अग्रिम भुक्तानी भने ८२ करोड १३ लाख ९० हजार रुपैयाँमा सीमित देखिएको छ।नेपाल बीमा प्राधिकरणको असोज ३० गतेसम्मको तथ्यांकअनुसार बाढीबाट भएको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा कुल २ हजार ४९१ वटा दाबी परेका छन्। ती...

