मंगलवार, असार ३,२०८२ 06:38:14
  • मंगलवार, असार ३,२०८२ 06:38:14
Global IME Bank Limited

अमेरिकीहरुबीच काम गुमाउने चिन्ता बढ्दै

Hyundai Nepal
अमेरिकीहरुबीच काम गुमाउने चिन्ता बढ्दै
Nabil Bank Limited

काठमाण्डौ । यतिबेला अमेरिकी श्रमबजारको स्वरुप परिवर्तन भईरहेको छ । सोमबार प्रकाशित आँकडाअनुसार अमेरिकी नागरिकहरु रोजगारप्रति असुरक्षित महशुस गर्न लागेका छन् ।  

फेडरल रिजर्भ बैंकले हालै सार्वजनिक गरेको श्रमबजारको अनुभव र अपेक्षा नामक सर्भेका अनुसार जुलाई महिनामा अमेरिकीहरुको तलब र सुविधाप्रतिको सन्तुष्टिमा कमी आएको छ । यसका अतिरिक्त सर्भेमा कम व्यक्तिहरुले रोजगारी पाएको, रेकर्डतोड स्तरमा मानिसहरु कामको खोजीमा रहेको र बेरोजगारी बन्न सक्ने सम्भावित औषत दर ४.४ प्रतिशत पुगेको डरलाग्दा तथ्यहरु बाहिर आएका छन् । बेरोजगारी बन्न सक्ने सम्भावित औषत दर हालसम्मकै उच्च हो । यो सर्भे १० वर्ष अघिदेखि सुरु भएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपी अझै पनि अमेरिकीहरुले अवसरहरु भने प्रसस्तै रहेको बताएका छन् । सन् २०२३ को जुलाई पछि अमेरिकी श्रमबजारमा केही वृद्धि देखिएको छ । यसका साथै गत वर्षको तुलनामा औषतमा कम्तिमा एउटा काम पाउने सम्भावना बढेर गएको छ । यस्तै नयाँ कामका लागि स्वीकारयोग्य ज्याला(रिजर्भेसन वेज)पनि सन् २०२३ जुलाईका तुलनामा बढी नै छ ।  

जुलाई महिनाको औषत रिजर्भेसन वेज ८१ हजार १४७ डलर रहेको छ । जुन मार्च महिनामा उच्च स्तरमा पुगेको ८१ हजार ८२२ को तुलनामा तुलनामा केही मात्रै कम हो । यो सर्भे प्रत्येक ४ महिनामा गरिन्छ ।  

सन् २०२० को मार्चपश्चात औषत रिजर्भेसन वेज ३१.४ प्रतिशत बढेको छ । तर यो वृद्धिको अधिकांश हिस्सा मुद्रास्फितीमा आधारित रहेको फेडरेल रिजर्भका अनुसन्धानकर्ताहरुले बताएका छन् ।  

यद्यपी सुस्त आर्थिक वृद्धिका कारण श्रम बजार सन्तुलित अवस्थामा फर्किएपछि विगतका महिनाहरुमा अमेरिकामा रोजगारी वृद्धिमा भने कमी आएको छ ।  

जुलाई महिनामा कुल रोजगार संख्या १ दाख १४ हजार पुगेको छ । जुन अपेक्षा गरेभन्दा कम हो । यस्तै बेरोजगारी दर पनि ४.३ प्रतिशत पुगेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.