काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहिन नहुने बताएका छन् ।
आज स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उक्त अवसरमा पौडेलले धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहिन बन्दा धितोपत्र सम्बन्धी धेरै कामहरु प्रभावित बनेको बताए ।
उनले अब भने यो समस्या छिट्टै समाधान हुने आवश्वासन दिए । धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहीन अवस्थामा छ । बोर्ड नेतृत्व बिहीन अवस्थामा लामो समयसम्म रहिरहन हुँदैन । यसले अनेक प्रकारका समस्या थपिएका छन् । फाइलहरु रोकिएको छ । यो समस्याको समधान विधिसम्बत सिर्घ समाधान गर्ने पक्षमा सरकार छ,’ पौडेलले भने ।