सोमबार, श्रावण १८,२०८३ 07:25:17
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:25:17
Bizshala
Global IME Bank Limited

विश्वकै ठूलो तेल क्षेत्रको सेवा प्रदायक कम्पनीमाथि साइबर आक्रमण

विश्वकै ठूलो तेल क्षेत्रको सेवा प्रदायक कम्पनीमाथि साइबर आक्रमण
New Office

काठमाण्डौ । अमेरिकी शीर्ष तेल क्षेत्रको सेवा प्रदायक कम्पनी ह्यालीबर्टनमा साइबर आक्रमण भएको छ । कम्पनीले केही प्रणालीमा असर परेको र यसको कारण र प्रभाव पत्ता लगाउने काम भईरहेको जनाएको छ ।  

यस्तै कम्पनीले यस विषयमा थप अनुसनधान गर्न बाह्य विज्ञसँग मिलेर समेत काम भईरहेको कम्पनीका प्रवक्ताले बताएका छन् । साइबर आक्रमणका कारण नर्थ हस्टन क्याम्पसमा रहेको कम्पनीको व्यवसायिक सञ्चालनमा तथा केही विश्वव्यापी सञ्जालमा समेत प्रभाव परेको छ । कम्पनीले केही कर्मचारीलाई आन्तरिक नेटवर्कसँग नजोडिन समेत निर्देशन दिएको जनाइएको छ ।  

हस्टन,टेक्ससमा आधारित ह्यालीबर्टन विश्वको सबैभन्दा ठूलो आयलफिल्ड सर्भिस कम्पनी हो । यो कम्पनीले विश्वभरका मुख्य उर्जा उत्पादक कम्पनीहरुलाई ड्रिलिङ सेवा र यससँग सम्बन्धित उपकरणहरु बिक्री गर्ने गर्छ ।  

यो कम्पनीमा करिब ४८ हजार कर्मचारी कार्यरत छन् र ७० भन्दा बढी देशमा कम्पनी सञ्चालनमा रहेको छ ।  

उर्जा कम्पनीहरुमा साइबर आक्रमण मुख्य चुनौतीका रुपमा रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.