बुधबार, माघ ९,२०८१ 10:47:57
IME remit
  • बुधबार, माघ ९,२०८१ 10:47:57
IME remit
Global IME Bank Limited

तालिममै रहेका पाइलटले जहाज उडाएर पारे सयौं यात्रुको ज्यान धरापमा, एयर इन्डियालाई भारु ९० लाख जरिवाना

Hyundai Nepal
तालिममै रहेका पाइलटले जहाज उडाएर पारे सयौं यात्रुको ज्यान धरापमा, एयर इन्डियालाई भारु ९० लाख जरिवाना
Nabil Bank Limited

काठमाण्डौ। भारतको टाटा समूहको एक हिस्सा बनेको एयर इन्डियाको समस्या कम हुने संकेत देखिएको छैन। उड्डयन नियामक डीजीसीएले गैर योग्य चालक अर्थात् तालिममै रहेका पाइलटले जहाज उडानहरू सञ्चालन गरेकोमा एयर इन्डियालाई ९० लाख भारु जरिवाना गरेको छ। 

जसमा एयर इन्डियाको अपरेशन निर्देशक र प्रशिक्षण निर्देशकलाई क्रमशः ६ लाख र ३ लाख रुपैयाँ जरिवाना  गरेको हो। उड्डयन नियामकले भविष्यमा यस्तो घटना नदोहोयाउन भन्दै पाइलटलाई चेतावनी समेत दिएको छ। यसअघि मार्चमा एयर इन्डियालाई पाइलटको विश्राम अवधिसँग सम्बन्धित नियम उल्लङ्घन गरेको भन्दै ८० लाख रुपैयाँ जरिवाना गरिएको थियो।

Bizshala
CG Motors
Sagarmatha Cement

डीजीसीएले एक विज्ञप्ति जारी गर्दै एयर इन्डिया लिमिटेडले एक गैर ट्रेनर लाइन क्याप्टेनले उडान पाइलट गरेको जनाएको छ। 

नियामकले साउन १० गते एयरलाइन्सले पेश गरेको स्वैच्छिक प्रतिवेदनमा कागजातहरू आदिको जाँच समेत समावेश गरी सूचनामा आएपछि एयरलाइन्सको सञ्चालनको छानबिन गरेको थियो।

अनुसन्धानको आधारमा पहिलो नजरमा धेरै अधिकारी र कर्मचारीहरूले नियामक प्रावधानहरू उल्लङ्घन गरेको पाइएको र जसले सुरक्षामा महत्त्वपूर्ण प्रभाव पार्न सक्न विज्ञप्तिमा भनिएको छ। 

डीजीसीएले उल्लङ्घनको लागि एयर इन्डियालाई ९०  लाख, एयरलाइनको अपरेशन डाइरेक्टरलाई ६ लाख र एयरलाइनको ट्रेनिङ डाइरेक्टरलाई ३ लाख रुपैयाँ जरिवाना गराएको हो।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.