काठमाण्डौ। लेबनानको विद्रोही समूह हिजबुल्लाहले इजरायलमा आक्रमण सुरू गरेपछि दुई पक्षबीचको तनाव चर्किएको छ। हिजबुल्लाहले आइतबार करिब एक दर्जन इजरायली सैन्य क्षेत्रलाई लक्षित गरी ३२० भन्दा बढी ड्रोन तथा रकेटहरू प्रहार गरेको छ।
तर इजरायली सेनाले भने ती ड्रोन तथा रकेटलाई आकाशमै निस्तेज बनाइदिएको जनाएको छ। हिजबुल्लाहले गत महिना लेबनानको बेरुतमा इजरायली आक्रमणमा मारिएका आफ्ना बरिष्ठ कमाण्डरको मृत्युको बदला लिन इजरायलमाथि आक्रमण गरेको बताइएको छ।
हिजबुल्लाहको आक्रमणपछि इजरायलमा ४८ घण्टाका लागि संकटकाल घोषणा गरिएको छ भने इजरायली सेनाले लेबनानस्थित हिजबुल्लाहलाई लक्षित गरी आक्रमण सुरु गरेको छ। -एजेन्सी