मंगलवार, असार ३,२०८२ 05:47:58
  • मंगलवार, असार ३,२०८२ 05:47:58
Global IME Bank Limited

भारतमा छ एशियाको सबैभन्दा धनी गाउँ, बैंकमा ७ हजार करोड भारु निक्षेप

Hyundai Nepal
भारतमा छ एशियाको सबैभन्दा धनी गाउँ, बैंकमा ७ हजार करोड भारु निक्षेप
Nabil Bank Limited

काठमाण्डौ । गुजरात भारतको शीर्ष व्यापारीक गन्तव्यमध्ये एक हो । यो राज्यले भारतलाई कयौं ठूला उद्योगपतिहरु दिएको छ । यति मात्रै होइन, यो राज्यमा एशियाकै धनी गाउँ समेत रहेको छ ।  

गुजरातमा रहेको मधापर गाउँलाई एशियाकै धनी गाउँ भनेर चिनिन्छ । यो गाउँमा बसोवास गर्ने मानिसहरुसँग ७ हजार करोड भारुबराबरको मुद्दती निक्षेप रहेको छ । जसबाट पनि थाहा पाउन सकिन्छ कि यो गाउँ कति धनी छ भनेर ।  

भारतीय मिडियाहरुका अनुसार यो गाउँमा अधिकांश पटेल समूदायका मानिसहरु बस्ने गर्छन् । यहाँको जनसंख्या करिब ३२ हजार रहेको छ । यो गाउँमा १७ वटा बैंक रहेका छन् । जसमा एचडीएफसी बैंक,एसबीआई बैंक,पीएनबी बैंक,एक्सिस बैंक,आईसीआईसीआई बैंक र यूनियन बैंक जस्ता निजी र सरकारी बैंक रहेका छन् । यसका साथै अन्य बैंकहरुले समेत यहाँ आफ्नो शाखा कार्यालय स्थापना गर्ने योजना बनाईरहेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो गाउँ धनी हुनुको राज भनेको विदेशमा बसोबास गरिरहेका यहाँका नागरिकहरु हुन् । विदेशमा बसोवास गरिरहेका यहाँका मानिसहरुले बैंकमा प्रत्येक महिना करडौं रुपैयाँ जम्मा गर्ने गर्छन् । यहाँ करिब २० हजार घर छन् । तर १२ सय परिवार विदेशमा बसोवास गर्छन् । यहाँका अधिकांश मानिसहरु अफ्रिकी देशमा छन् ।  

मध्य अफ्रिकाको निर्माण क्षेत्रमा गुजरातीहरुको पकड रहेको छ । यो गाउँका मानिसहरु बेलायत, अष्ट्रेलिया,अमेरिका र न्य्रजिल्याण्ड जस्ता देशमा समेत छन् । विदेशमा बसे पनि यहाँका मानिसहरु आफ्नो जन्मभूमिप्रति निकै जोडिएका छन् । उनीहरु विदेशमा बसेपनि आफ्नै क्षेत्रको बैंकहरुमा लगानी गर्ने र पैसा जम्मा गर्ने गर्छन् ।  

यो गाउँको पूर्वाधार र सार्वजनिक सुविधाका क्षेत्रहरु विकसीत अवस्थामा रहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.