मंगलवार, फाल्गुन १३,२०८१ 07:44:46
IME remit
  • मंगलवार, फाल्गुन १३,२०८१ 07:44:46
IME remit
Global IME Bank Limited

...त्यसपछि पेटीएमको सेयर रकेट झै उड्यो

Hyundai Nepal
...त्यसपछि पेटीएमको सेयर रकेट झै उड्यो
Nabil Bank Limited

नयाँदिल्ली । भारतको सबैभन्दा ठूलो अनलाइन भुक्तानी कम्पनी पेटीएमको शेयर बुधबार अपर सर्किटमा बन्द भएको छ ।  

बजारमा गिरावट आए पनि पेटीएमको शेयर लगातार दोस्रो दिन उकालो लागेको हो । मंगलबार पाँच प्रतिशतले बढेको थियो भने बुधबार १० प्रतिशतको अपर सर्किटमा पुगेको थियो ।  

पेटीएमको सेयरमूल्य माथिल्लो सर्किटमा छोएको यो पहिलोपटक हो । यसरी दुई दिनमा यो कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ । 

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

गत हप्ता आरबीआईले पेटीएममाथि धेरै प्रतिबन्ध लगाएको थियो। जसका कारण पेटीएमको मूल कम्पनी वन ९७ कम्युनिकेसन्स लिमिटेडको शेयरमा भारी गिरावट आएको छ । तर बुधवार कम्पनीका सीईओ विजय शेखर शर्माले वित्तमन्त्री निर्मला सीतारमणसँग १० मिनेट भेट गरेको खबर आएको थियो।

पेटीएमको सेयर, जुन लगातार तल्लो सर्किटमा थियो, एकाएक रकेट बन्यो।

बुधबार दस प्रतिशतले बढेर ४९६.७५ भारु पुगेको छ ।  

गत हप्ता एक आदेश जारी गर्दै, आरबीआईले मार्चदेखि पेटीएम पेमेन्ट बैंकका सबै सेवाहरू प्रतिबन्ध लगाएको छ।  

आरबीआईको आदेश अनुसार, केवल स्थानान्तरण र निकासी गर्न अनुमति दिइनेछ तर प्रयोगकर्ताहरूले फेब्रुअरी २९ बाट आफ्नो वालेट वा फास्ट्याग टपअप गर्न सक्ने छैनन्। साथै, खातामा पैसा जम्मा हुनेछैन।  

आरबीआईको यो कदमले पेटीएमका लगानीकर्तामा त्रास फैलाएको थियो । कम्पनीको शेयर निरन्तर ओरालो लागेको थियो ।  

कम्पनीका सीईओ विजयशेखर शर्माले बुधबार भारतका वित्तमन्त्री निर्मला सीतारमणलाई भेटे र छलफल भयो । यो म्यासेज बजारमा फैलिएलगत्तै पेटिएमको सेयरमूल्यमा उछाल आयो ।  

शर्माले प्रयोगकर्ताहरूलाई आफ्नो पैसा सुरक्षित रहेको र पेटीएमको एप फेब्रुअरी २९ पछि पनि सामान्य रूपमा काम गरिरहने आश्वासन दिए।  

पेटीएमको आईपीओ नोभेम्बर २०२१ मा आएको थियो। यो त्यतिबेलासम्मको सबैभन्दा ठूलो आईपीओ हो । यसको जारी मूल्य रु २१५० थियो। तर यसको सूचीकरण कमजोर रह्यो र यो कहिले पनि जारी मूल्यको नजिक पुगेन। यसको ५२ हप्ताको उच्च भाउ ९९८.३० रुपैयाँ हो ।  

Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.