काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो बीमा नीतिमा केहि परिवर्तन गरेको छ । बैंकले आगामी साउन १ गतेदेखि लागू हुनेगरी ‘कुमारी परिवार सुरक्षा बचत खाता’मा प्रदान गर्दै आएको बीमा नीतिमा केहि परिवर्तन गरेको हो ।
परिवर्तित नयाँ नीति अनुसार अब साउन १ गतेपश्चात सम्पूर्ण खाताहरुमा ग्राहकहरुले स्वास्थ्य बीमाअन्तर्गत अस्पतलामा भर्ना भएरै उपचार गराएबापत बीमा दाबी गर्न पाउने रकम १ लाख हुने भएको छ । अधिकतम सिमा प्रति बिल ४० हजारबाट बढाएर ५० हजार पुर्याइएको छ । यसअघि स्वास्थ्य बीमाको जम्मा दाबी गर्न पाउने रकम १ लाख रुपैयाँ(अस्पतला भर्ना ८० हजार र ओपीडी उपचार २० हजार प्रतिवर्ष)थियो । अब ओपीडी उपचार खर्च भने पाइने छैन ।
साथै,अब दीर्घरोग लागेको खण्डमा खातावाल तथा खातावालको श्रीमान÷श्रीमती समेतको १ लाख रुपैयाँसम्मको दाबी गर्न पाइने व्यवस्थालाई परिमार्जित गरि खातावालाहरुलाई लागेको दीर्घरोगको दाबी गर्न पाइने भएको छ ।
साउन १ गतेबाट खोलिएका नयाँ खातामा स्वत नयाँ नीति लागू हुने बैंकले जनाएको छ । साथै २०८१ असार ३१ गतेसम्म खोलिएका खाताहरु तथा उक्त मिति अगावै बीमा पोलिसी नविकरण भएको खण्डमा भने उक्त हालको बीमा पोलिसीको म्याद रहुन्जेलसम्म पुरानै नीति कायम रहनेछ । यद्यपी ग्राहकले पाउने कुल बीमा रकम २६ लाखमा भने कुनै परिवर्तन नगरिएको बैंकले स्पष्ट पारेको छ ।