काठमाण्डौ । आज नेप्सेमा करिब १ सय अंकको उतारचढाव आयो । आज झिनो अंकले बजार बढ्दा कारोबार भने घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गरको मध्य ब्याण्डमा इन्भर्टेड प्रकृतिको क्याण्डल बनेको छ ।
यसले सम्भावित बजारमा रिभर्सलको संकेत गर्छ । तर यसको निश्चितताका लागि भने आगामी कारोबारमा बजारले आजको उच्च विन्दु २८६० भन्दा माथि बन्द हुनु पर्ने छ । तर यदि आजको न्यून विन्दु २७६० भन्दा तल बजार लागेमा भने बजारमा केरेसक्सन नसकिएको मान्न सकिन्छ ।
बजारलाई डाउ थेउरीबाट हेर्दा हायर हाई र हायर लो का सिरिज कायमै रहेको छ । डेली बेसमा मनी फ्लो इन्डेक्सबाट नियाल्दा हाल ६० को तहमा बजार चलेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजारले करिब एउटा रिभर्सल नजिक आएको देखिन्छ । तर यसको कन्फर्मेसनको लागि भने आगामी कारोबारमा पनि बजार सम्हालिनु पर्ने छ ।
नोटः सेयर बजारमा लगानी जोखमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।