मंगलवार, असार ३,२०८२ 04:22:40
  • मंगलवार, असार ३,२०८२ 04:22:40
Global IME Bank Limited

विश्वकै पहिलो कागजातरहित विमानस्थल बन्दै अबुधाबी एयरपोर्ट, पासपोर्ट र टिकटबिनै यात्रा गर्न सकिने

Hyundai Nepal
विश्वकै पहिलो कागजातरहित विमानस्थल बन्दै अबुधाबी एयरपोर्ट, पासपोर्ट र टिकटबिनै यात्रा गर्न सकिने
Nabil Bank Limited

काठमाण्डौ । अबुधाबीको जायेद अन्तराष्ट्रिय विमानस्थल सन् २०२५ भित्र विश्कै पहिलो कागजातरहित विमानस्थल बन्ने भएको छ । विमानस्थले सम्पूर्ण प्रक्रिया बायोमेट्रिकमार्फत गर्ने भएको हो ।  

यससँगै सन् २०२५ सम्म यो विमानस्थलबाट पासवर्ड, परिचयपत्र वा एयर टिकट न देखाएर नै यात्रा गर्न सकिनेछ । यसका लागि विमानस्थल प्रशासनले स्मार्ट ट्राभल प्रोजेक्टमा काम गरिरहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्मार्ट ट्राभल प्रोजेक्ट बोडिङ प्रक्रियालाई बायोमेट्रिकसँग जोड्ने माध्यम हो । ‘सन् २०२५ सम्म जायेद अन्तराष्ट्रिय विमानस्थलले प्रत्येक चेक प्वइन्टमा कटिङ ऐज बायोमेट्रिकसहितको विश्वकै पहिलो कागजातरहित विमानस्थल बन्ने लक्ष्य लिएको छ ।’ विमानस्थलले लिङकेडेनमा लेखेको छ ।  

व्यक्तिको पहिचानका लागि औठाछाप, फेसियल प्वइन्ट,आखा जस्ता अंगहरु प्रयोग गर्ने प्रक्रियालाई बायोमेट्रिक भनिन्छ ।  

अहिले पनि विश्वका केही विमानस्थलहरुमा बायोमेट्रिकको प्रयोग भईरहेको छ । ७५ प्रतिशत यात्रुहरुले बोडिङ पासका लागि परम्परागत पासपोर्टको तुलनामा बायोमेट्रिक डेटालाई रुचाएको बताएका छन् । यस्तै अन्तराष्ट्रिय हवाई यातायात संघले पनि बायोमेट्रियक प्रयोग गरेका ४६ प्रतिशत यात्रुमा सन्तृष्टिको दर उच्च रहेको छ ।  

अमेरिकाले पनि ९६ वटा अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षमा बायोमेट्रिक प्रयोग गरिरहेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.