काठमाण्डौ । भारतको मुम्बई, विश्वका धनाढ्यहरु बसोबास गर्ने एशियाकै शीर्ष शहर बनेको छ । ९२ जना अरबपति बसोवास गर्ने मम्बईले चीनको राजधानी बेईजिङलाई पछि पार्दै यो सफलता हात पारेको हो ।
हुरन रिच लिस्ट २०२४ का अनुसार मुम्बई एशियाको अरबपतिको राजधानी बन्न सफल भएको छ । यहाँ बसोबास गर्ने अरबपतिहरुको संख्या बेईनिङको भन्दा बढी पुगेको छ । मुम्बईमा ५८ जना नयाँ अरबपति थपिएका छन् । यससँगै मुम्बईमा बसोवास गर्ने धनाढ्यहरुको कुल संख्या ३८६ पुगेको छ । यहाँ बसोवास गर्ने धनाढ्यको कुल सम्पत्ति ४४५ अर्ब डलर पुगेको छ ।
मुम्बई पश्चात भारतको नयाँ दिल्लीमा सबैभन्दा अरबपति रहेका छन् यहाँ १८ जना नयाँ अरबपति थपिएका छन् । भारतका शहरहरुमध्ये बेङ्लोर पहिलोपटक धनाढ्यको सूचीको तेस्रो स्थानमा पुगेको छ । हैदराबादमा पनि नयाँ १७ अरबपति थपिएका छन् ।
बेईजिङमा भने ९१ जना अरबपतिको बसोवास रहेको हुरनको प्रतिवेदनले जनाएको छ । बेईजिङले १८ जना अरबपति गुमाएको छ ।
यस्तै मुम्बई विश्वको धनाढ्यहरु बसोवास गर्ने विश्वको तेस्रो ठूलो शहर बनेको छ । मुम्बई भन्दा अघि न्यूयोक र लण्डन रहेका छन् ।