काठमाण्डौ । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच सम्झौता भएको छ । बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्न उक्त सम्झौता भएको हो ।
यस सम्झौताअनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंकका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी) को लागि टिकट खरिद गरि कुमारी बैंककै डेबिट÷क्रेडिट कार्ड, मोवाइल बैकिङ सेवा बाट रकम भुक्तानी गर्दा ५०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आईरहेको छ ।