काठमाण्डौ । पृथ्वी राजमार्गको गल्छी–गजुरी सडक खण्ड अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोका कारण गल्छी–गजुरी सडक खण्डको दुईतर्फी सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि राजमार्ग भएर काठमाण्डौ आवतजावत गर्ने यात्रुहरु मर्कामा परेका छन् । यातायात ठप्प भएसँगै सयौं सवारी साधन सडकमै रोकिएका छन् । अहिले पहिरो पन्छाउने प्रयास भईरहेको छ ।