काठमाण्डौ । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित)गरी कुल १२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि र आर्थिक वर्ष २०८०/८१ का लागि बस्ने कम्पनीको आगामी १० औं वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
हाल कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ रहेको छ ।