काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रधुम्न कुमार भट्टराई नियुक्त भएका छन् । संस्थाको भदौ १८ गते बसेको सञ्चालक समितिको १४९औं बैठकले भट्टराईलाई सञ्चालक नियुक्त गरेको हो ।
कागेश्वरी–६, काठमाण्डौ निवासी उनलाई आगामी ४ वर्षका लागि संस्थाको रिक्त रहेको स्वतन्त्र संचालक पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।