सोमबार, असार २,२०८२ 02:05:21
  • सोमबार, असार २,२०८२ 02:05:21
Global IME Bank Limited

देउवाले भने-'अफवाहको पछि नलाग्नू, ओली जीलाई हाम्रो पूर्ण साथ छ'

Hyundai Nepal
देउवाले भने-'अफवाहको पछि नलाग्नू, ओली जीलाई हाम्रो पूर्ण साथ छ'
Nabil Bank Limited

काठमाण्डौ । सत्ता गठबन्धनको प्रमुख साझेदार तथा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सञ्चालनको विषयमा एमालेसँग कुनै मतभेद नरहेको प्रष्ट पारेका छन् ।  

बुधबार काठमाण्डौमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले बाहिर हल्ला भएजस्तो वर्तमान गठबन्धनमा कुनै समस्या नरहेको र ढुक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए। 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सत्ता गठबन्धन र सरकारका विषयमा विरोधीहरु तथा अस्थिरता चाहनेहरुलाई फैलाएको हल्ला पछि नलागी सरकारले गरेका निर्णयहरुको कार्यान्वयनमा दत्तचित्त भएर लाग्न उनले कांगे्रेस निकटका कर्मचारीलाई आग्रह गरे ।  

उनले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमालेबीच कुनै मतभेद नरहेकाले वर्तमान सरकारलाई आफ्नो दलको पूरा समर्थन रहने बताए ।  

‘अहिलेको बेला चुनौतीपूर्ण पनि छ । यस्तो अवस्थामा कर्मचारी युनियनका साथीहरू अझ बढी जागरूक हुनुपर्नेछ । कहाँ चुनौती छ, सबैले बुझ्नुभएको छ । प्रजातान्त्रिक प्रणालीलाई हामीले जोगाउनुछ । त्यसमा हामी सबै लाग्नुछ ।' उनले भने-' कतिपय विषयमा मतभेद होलान् । एमालेसँग कांग्रेसको र कांगे्रसँग एमालेको शासकीय रुप तथा व्यवस्थाको विषयमा मतभेद होलान् । तर बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन । त्यसकारण अहिलेको सरकारलाई पूराका पूरा समर्थन छ हाम्रो । खास खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले अरुसँग मिल्ने, तत्काल अर्को सरकार बनाइहाल्ने, त्यस्तो कुरा छैन । ' 

उनले एमाले र कांगे्रस मुख्य प्रतिस्पर्धी दल भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु एक ठाउँमा उभिएको प्रष्ट पारे । 'मलाई विश्वास छ, ओलीजी र मैले मिलेर तथा अरु साथीहरुको समेत साथका कारण अहिलेको सरकार पूरापूर चल्छ । हाम्रा सहमतिहरु कार्यान्वयन हुन्छन् । योसँगै गणतन्त्र संस्थागत र बलियो पनि बनाउनेछौं ।'देउवाले थपे ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.