काठमाण्डौ । कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाण्डौस्थित काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच कुमारी बैंकका ग्राहकहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौताअनुसार काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श÷जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवा बाट रकम भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।
कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।