काठमाण्डौ । सुकेटार विमानस्थलमा पुनः उडान सुरु भएको छ । प्रतिकूल मौसमका कारण विमानस्थलमा ३ महिनादेखि हवाई उडान हुन नसकेको थिएन । मौसम अनुकुल भएसँगै विमानस्थलमा भदौ १९ गतेदेखि उडान सेवा पुनः सुचारु भएको हो ।
प्रतिकूल मौसमका कारण गएको जेठ ११ गतेदेसख उडान ठप्प भएका थियो । मौसममा सुधार आएको र पर्यटकीय सिजन समेत सुरु भएकाले काठमाण्डौ –ताप्लेजुङ उडान सुरु भएको छ ।
आगामी असोज १५ गतेसम्म साताको बुधबार एक दिन मात्र उडान तालिका राखिएको छ । त्यसपछि भने सातामा ३ दिन उडान तालिका तय गरिने तयारी छ । सुकेटारदेखि काठमाण्डौसम्मको भाडा ९ हजार ४७५ निर्धारण गरिएको छ ।