मंगलवार, श्रावण १९,२०८३ 03:58:24
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 03:58:24
Bizshala
Global IME Bank Limited

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा
New Office

काठमाण्डौ । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ नामक योजनाका लागि  लाभांश घोषणा गरिएको हो ।  

योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले यी म्युचुअल फण्डका इकाईधनीहरु लाई आर्थिक २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले आरविवि म्युचुअल फण्ड १ का लागि ३.८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का लागि ८.९४ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनका लागि आगामी भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ । यसर्थ भदौ ३० गतेसम्म  कायम इकाईधनीहरु मात्रै लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.