काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामीमार्फत बिक्रीमा राखिएको ३ लाख कित्ता बढी सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।
आज नेप्सेमा कम्पनीको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर सूचीकृत भएको हो ।
कम्पनीले हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयर बाँडफाँड भई बाँकी रहेको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर गत असार ४ गतेदेखि ११ गतेसम्म लिलामीमाफर्त बिक्रीमा राखेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।