काठमाण्डौ । कुमारी बैंकले वित्तिय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षक-प्रशिक्षण कार्य सम्पन्न गरेको छ । बैंकले युसएडसँगको सहकार्यमा ‘देशै भरि बर्षै भरि’अभियानकै रुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यावसायिक एवं उद्यमशिल सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक-प्रशिक्षण गर्ने काम सम्पन्न गरेको हो ।
वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिक रुपमा वित्तिय साक्षरता प्रर्बद्धन हुने विश्वास लिएको बैंकले यस अभियानमा सर्बसाधारणहरुको विषयगत संबेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय साक्षरता पुस्तिका, कुमारी जी एप, राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देसहरु विकास गरि नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको जनाएको छ ।
स्थानिय स्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तिय साक्षरता सामाग्री विकास गरि समाजमा रहेका ब्यावसायिक एवं उद्यमशिल सम्भावनाहरुलाई प्रर्वद्धन गर्दै उद्यमशिलता विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ ।
कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                