काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २४ लाख २२ हजार ५४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिनेछ ।
आवेदन पेश गर्ने अन्तिम मिति असोज १६ गते रहेको छ ।