काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा टेक बहादुर बोहरा नियुक्त भएका छन् । संस्थाको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले बोहरालाई अध्यक्ष नियुक्त गरेको ।
सोही दिनदेखि लागू हुनेगरी अध्यक्षमा नियुक्त भएका बोहरा असोज ५ गतेको बैठकबाटै सञ्चालक नियुक्त भएका थिए ।
यसअघिका संस्थाका अध्यक्ष सन्तोष फुयालले दिएको राजीनामा संस्थाको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । उनको राजीनामा असोज ५ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो । तर उनी सञ्चालक सदस्य भने रहनेछन् ।