शुक्रबार, जेष्ठ १,२०८३ 01:25:52
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:25:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रवि लामिछानेलाई पक्राउ गर्न अदालतको आदेश, आजै पक्राउ पर्ने सम्भावना कति ?

Laxmi Sunrise Bank Limited
रवि लामिछानेलाई पक्राउ गर्न अदालतको आदेश, आजै पक्राउ पर्ने सम्भावना कति ?
Shivam Cement

काठमाण्डौ । विभिन्न सहकारीको रकम अपचलन प्रकरणमा संसदीय छानबिन समितिबाट दोषी देखिई कारबाहीको सिफारिसमा परेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाइ पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।  

जिल्ला प्रहरी कार्यालय कास्कीलाई अदालतले रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो ।

Bizshala
New Office
CG Motors

आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको निवेदनमा जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको एकल इजलासले पक्राउको अनुमति दिएका हुन् ।  

अदालतको आदेश नै आइसकेपछि प्रहरीले लामिछानेलाई चाँडै पक्राउ गर्ने बताइएको छ ।  

रास्वपाका सभापति रवि लामिछानेले चाहिँ आइतबार नै पक्राउ पर्ने डरले उपत्यकामा उपलब्ध नेता तथा कार्यकर्तालाई वनस्थलीस्थित केन्द्रीय कार्यालय बोलाएका छन् । अहिले कार्यालयमा ठूलो संख्यामा भीड जम्मा भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

ठूलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।  

तर, प्रहरी उच्च स्रोतले भने लामिछाने आइतबार नै पक्राउ नपर्नसक्ने समेत सम्भावना व्यक्त गरेको छ । 'आज कुनै कारणवश पक्राउ गरिएन भने पनि अदालतको आदेश आइसकेका कारण चाँडै पक्राउ गरिनेछ ।' एक उच्च प्रहरी अधिकृतले भने-'गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ परिसकेका छन् । उनको बयानसम्म कुर्ने हो कि भन्ने पनि कुरा आएको छ ।' 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.