बुधबार, चैत्र २०,२०८१ 01:02:42
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:02:42
IME remit
Global IME Bank Limited

सेयर बजार कसले घटाउने/बढाउने गर्छन ? प्राविधिक विश्लेषक कति जिम्मेवार ?

Hyundai Nepal
सेयर बजार कसले घटाउने/बढाउने गर्छन ? प्राविधिक विश्लेषक कति जिम्मेवार ?
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजार कहिल्यै एकनाश हुँदैन । उचारचढाव हुने यसको प्रवृत्ति नै हो । बजार नियामकले एक दिनमा कति प्रतिशतसम्म उतारचढाव हुने भनेर निर्धारण गरेको हुन्छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सें)को नियमानुसार नेप्से परिसूचक एक दिनमा ६ प्रतिशत भन्दा बढीले तल माथि हुन पाउँदैन । यदि ६ प्रतिशतले बढेमा पोजेटिभ सर्किट ब्रेकर र ६ प्रतिशतले नै  घटेमा नेगेटिभ सर्किट ब्रेक लागेर बजार त्यस दिनको लागि बन्द हुने गर्छ ।  

कम्पनीको हकमा एक दिनमा बजार १० प्रतिशतले तलमाथि हुन सक्छ । यसलाई बढेमा अपर सर्किट र घटेमा लोअर सर्किट भनेर बुझिन्छ । धेरै आम सर्वसाधारणहरुमा सेयर बजार कसरी घटबढ हुन्छ भन्ने जिज्ञासा रहेको पाइन्छ । केही  सर्वसाधारणमा सेयर बजार ब्रोकरहरुले घटाउछन् भन्ने बुझाई रहेको पाइन्छ । कोहीले भने ठूला खेलाडिलाई यसको जिम्मेवार ठहर्याउने गर्छन् । यस्तो आरोप केही वर्ष पहिले ब्रोकर र ठूला लगानीकर्ताहरुले खेप्दै आएका थिए ।  

Shivam Cement
Bizshala
CG Motors

तर पछिल्लोपटक टीएमएस आए पछि भने ब्रोकरहरुलाई हाईसञ्चो भएको छ । किनकी टीएमएस आए पछि सबै कार्य लगानीकर्ताहरुले नै गर्न सक्छन । अहिले बैंकहरुबाट सिधै कोल्याट्रल लोड गरेर आफै सेयर किन्न तथा बेच्न सकिन्छ । अहिले कुन ग्राहकले के किन्यो, बेच्यो ? भन्ने ब्रोकरलाई नै थाहा नहुने ब्रोकरहरु तर्क गर्छन । यस कारण ठूला लगानीकर्ता र ब्रोकर मिलेर बजार घटाए भन्ने विषयमा पनि कुनै तुक नरहेको स्वंय ब्रोकर बताउँछन् ।  

अघिल्लो बुलमा खासै चर्चा नभएको प्राविधिक पक्ष हाल भने निकै चर्चामा रहेको छ । त्यही कारण पनि पछिल्लो समय सेयर बजारका प्राविधिक विश्लेषक अर्थात लगानीकर्ताहरुको भाषामा धर्केहरुले बजार घटाएको तथा बढाएको आरोप लाग्दै आएको छ । केही लगानीकर्ताले ३ हजार विन्दुबाट अझै माथि लाग्ने देखिएको बजार एकाएक घटाइएको आरोप समेत लगाउने गरेका छन् । 

‘केही प्राविधिक विश्लेषकहरुकै कारण बजार अल टाइम ब्रेक गर्न सकेन । त्यहाँबाट घटेको बजार पनि २५ सय तल सम्म आउनुमा धर्केहरुको धर्का मुख्य कारण रहेको देखिन्छ,’ ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले आरोप लगाए । अहिले सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलमा सेयर बजारको विषयमा प्राविधिक विश्लेषण गरेको पाइन्छ । लगानीकर्ता तथा ब्रोकरहरुले पनि प्राविधिक विश्लेषकले के भन्यो तथा लेख्यो ? भनेर चासो दिने गरेको पाइन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसो भए के प्राविधिक विश्लेषकहरुले बजार तल माथि गर्न सक्छन् त ? प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्याल यो प्रश्न नै हास्यास्पद भएको बताउँछन् । ‘नेपालको बजार वान साइडमा चलेको छ । सेयर बजार घटेर कसैलाई पनि फाइदा हुँदैन । यदि नेपालमा सर्ट सेलिङ हुन्थ्यो भने पनि माथि बेचेर तल किन्न खोज्यो भन्ने हुन्थ्यो,’ उनले भने, ‘प्राविधिक विश्लेषक पनि आफ्नो प्यारामिटरमा चल्ने भएको कारण यो आरोपमा कुनै तुक छैन । बजार घटाएर ५ अर्बको कारोबारमा ब्रोकरलाई पनि फाइदा छैन । ठूला लगानीकर्ताको आफ्नै सम्पति घटेको हुन्छ ।’

त्यसैले आफू समयमा सेयर बजारबाट बाहिरिन नसकेर अन्यलाई दोष लगाउनु उचित नभएको तर्क बस्याल गर्छन् । अर्को प्राविधिक विश्लेषक अजय सिंह थापा पनि प्राविधिक विश्लेषकले बजार घाटाउने तथा बढाउने विषय असम्भब रहेको बताउछन् । उनी भन्छन्, ‘सबै विश्लेषक एउटा गाइडलाइन भित्र नै चल्नु पर्छ । केही गलत भएमा कमेन्ट आइहाल्छ । अहिले सेयर बजारमा ७० प्रतिशत नै प्राविधिक विश्लेषक छन् । हरेक लगानीकर्ता कुनै न कुनै तरिकाले विश्लेषक रहेको हुन्छ । कसैले प्राइस तथा भोल्युम मात्रै हेर्छ भने पनि त्यो पनि प्राविधिक विश्लेषक नै हो ।’

प्राविधिक विश्लेषकले सम्भावना देखाउने थापा बताउँछन् । ‘विभिन्न लगानीकर्ताहरुले विभिन्न माध्यमबाट सम्भावना देखेका हुन्छन् । विभिन्न माध्यमबाट सपोर्ट हेरिएको हुन्छ । सेयर बजार मनोविज्ञानले चल्ने भएको कारण लगानीकर्ताहरुले नै सेयर बजार घटाउने तथा बढाउने गर्छन,’ थापा तर्क गर्छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.