काठमाण्डौ । आजको शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ । केही दिनयता पहिलो स्थानमा रहने गरेको नासा सेक्यूरिटिज आज भने तेस्रो स्थानमा झरेको छ ।
आज भिजन सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज १६ करोड २५ लाखको खरिद र १५ करोड ३३ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १९ करोड २६ लाखको खरिद र ११ करोड ९९ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको नासा सेक्युरिटिजबाट १४ करोड १४ लाखको खरिद भएको छ भने १७ करोड बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट १३ करोड २१ लाखको खरिद र १७ करोड ५६ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ९ करोड ९९ लाखको खरिद र १५ करोडको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ९ करोड ३४ लाखको खरिद र १४ करोड ५२ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट १२ करोड ६७ लाखको खरिद र १० करोड ७४ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट ११ करोड १३ लाखको खरिद र ११ करोड ९४ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको श्रीहरि सेक्युरिटिजबाट ८ करोड ६५ लाखको खरिद र ११ करोड २० लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट १३ करोड ५७ लाखको खरिद र ५ करोड ७८ लाखको बिक्री भएको छ ।