सोमबार, आश्विन १९,२०८३ 05:16:34
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 05:16:34
Bizshala
Global IME Bank Limited

दशैंअघि वीपी राजमार्ग नखुल्ने

Bizshala
दशैंअघि वीपी राजमार्ग नखुल्ने
New Office

काठमाण्डौ । वीपी राजमार्ग दशैं अगाडि नखुल्ने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको हो ।

आज भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नमिल्ने अवस्था रहेको बताए ।  मन्त्रालय र सडक विभागको टोलीले बुधबार नेपाली सेनाको हेलिकप्टरबाट बाढीले क्षति पुर्याएको वीपी राजमार्गको निरीक्षण गरेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत असोज ११ गते आएको रोशी खोलामा आएको बाढीका कारण वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डको १२ किलोमिटर सडक बगेको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन । सम्मेलनमा सचिव शर्माले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुने बताए ।  

यस्तै अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिने तर ३–४ ठाउँमा खोला पहाडसम्म जोडिएर बगेकाले पुल हाल्नुपर्ने पनि हुन सक्ने शर्माले बताए । उनले विकल्पको रुपमा सित्खाबाट मध्यपहाडी राजमार्गबाट दोलालघाट आउने र अरनिको राजमार्गबाट काठमाडौं आउने रुट प्रगोग गर्न सकिने बताए । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.