सोमबार, श्रावण १८,२०८३ 04:10:28
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:10:28
Bizshala
Global IME Bank Limited

माछापुच्छ्रे बैंकको मनायो २४ औँ वार्षिकोेत्सव

माछापुच्छ्रे बैंकको मनायो २४ औँ वार्षिकोेत्सव
New Office

 काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिकोेत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरी मनाईरहेको छ । ‘उत्सव र सहयोग’भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा लिएको हो ।  

यसै अवसरमा बैंकले असोज १८ गते केन्द्रिय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर वार्षिकोत्सव मनाएको छ ।

हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउंदै आएको बैंकले यस वर्ष २४ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका विशेष सुविधाहरु प्रदान गर्दै आएको जनाएको छ ।  

यस्तै, बैंकले ‘उत्सव र सहयोग’भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरुमार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ ।  

जसअन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षारोपण, वित्तीय साक्षरता प्रवद्र्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वका गतिविधिहरू सञ्चालन गरिरहेको छ ।  

केहिदिन अगाडी मात्रै आएको बाढी पहिरोमा परि विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउपालिका १ र २ का बाढी पहिरो पिडित घरपरिवारलाई २०० थान ब्लाङ्केट बैंकले प्रदान गरेको छ । बाढी पहिरोका कारण विभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्केटहरु रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो । यसलगायत बैंकका विभिन्न शाखा कार्यालयहरुको माध्यमबाट स्थानिय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएको बैंकले जनाएको छ।  

यसैगरी, बैंकले २४ औ वार्षिकोत्सवको अवसर पारेर ग्राहकलक्षित विभिन्न अफरहरु सञ्चालनमा ल्याएको छ । बैंकले असोज १ देखि ३० गतेसम्मको अवधीमा यस बैंकको मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट,डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरुलाई विशेष छुटको योजना ल्याएको छ । जसअन्र्तगत बैंकको डेबिट कार्ड लिने ग्राहकहरुले कार्ड लिदाँ पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधीको लागि एकमुष्ट रु.२४ सय मात्रमा प्रदान गरिरहेको छ ।  

साथै, बैंकले मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट(एप) सेवाको सदस्यता शुल्कमा वार्षिक ५०% सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।  

बैंकले देशभर रहेका १६५ शाखा कार्यालयहरु २०१ एटीएम, १११ शाखारहित बैंकिङ सेवा, १२ एक्सटेन्सन काउण्टमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.